पछिल्लो २४ घण्टामा नमुना संकलन गरी परीक्षण गर्दा गण्डकीका १४५ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०४३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८८ जना, तनहुँका सात जना, गोरखाका दुई जना, नवलपुरका तीन जना छन् भने, स्याङ्गजाका २४ जना, पर्वतका पाँच जना, बाग्लुङका १३ जना र म्याग्दी जिल्लाका तीन जनामा कोरोना पुष्टि भएको छ।
संक्रमण पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ७३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४८५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ४६६ छ।
मंगलबार गण्डकीका थप पाँच जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगर -१० का ४४ वर्षीय पुरुष, पोखरा -२७ निवासी ५० वर्षीया महिला, पोखरा -११ निवासी ७२ वर्षीय वृद्ध, पोखरा -६ निवासी ६३ वर्षीय पुरुष र पोखरा -१२ निवासी ३३ वर्षीय युवक रहेका छन्।
योसंगै, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३८८ पुगेको निर्देशनालयले जनाएको छ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह