दोहोरी च्याम्पियनको उपाधि कलाकार प्रकाश पराजुली र मिना बुढाथोकीकाे समूहले जितेकाे छ ।
शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा प्रकाश पराजुली र मिना बुढाथोकीकाे समूहले उपाधि जितेको हो। उपाधि सँगै विजयी समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार प्राप्त गरेको छ ।
यस्तै, च्याम्पिएनको दोस्रो उपाधि बालचन्द्र बराल र शोभा कार्कीको टोलीले जितेको छ। लेकसाइडस्थित बाराही घाटमा आयोजना भएको फाइनल प्रतिस्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए । दोस्रो विजेता समूहले नगद १० लाख रुपैयाँ र ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार प्राप्त गरेको छ । सान्त्वना हुने टीमले दुई लाख पाउने आयोजकले जनाएको छ ।
नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको उक्त ‘शो’ को गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको थिए भने निर्णायकमा प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक रहेका थिए।
सम्बन्धित खबर
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग