नेपालगञ्ज विमानस्थलबाट हुम्लाको लागि उड्न लागेको सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका छन् । सीता एयरको डोर्नियर विमानमा बँदेल ठोक्किएका हुन् ।
बिहान सवा ६ बजेतिर उडानका लागि धावनमार्गमा गुड्दै गर्दा तीन वटा बँदेलसँग विमान ठोक्किएको थियो। बँदेलसँग ठोक्किएको विमान तत्काल उडान रद्द गरिएको थियो भने विमानस्थल केहीबेरका लागि बन्द गरिएको थियो।
नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन।
जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए। जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए। जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ।
विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायतका जङ्गली जनावार जहाजसँग ठोक्किने गरेका छन्।बँदेलसँग ठोक्किएपछि उक्त जहाजलाई तानेर साइडमा राखिएको थियो ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने