काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहालेको बताए । स्कटल्यान्डको ग्लोस्गोमा कोप–२६ मा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले भने,‘बाइडेनसँग पनि मेरो भेट भयो । पहिले नै नेपाल आएका रहेछन्, मैले टोपी लगाएर गएको थिएँ, देख्नेबित्तिकै चिनिहाले ।’
देउवाले आफूसँग अमेरिकी राष्ट्रपति बाइडेनले ‘नेपाल राम्रो देश छ, मलाई खुब मन पर्छ’ समेत भनेको उल्लेख गरे । देउवा र बाइडेनबीच सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रिभोजका दौरान जम्काभेट भएको थियो । उक्त भेटमा दुवै नेताहरुले एकअर्कालाई हार्दिकतापूर्वक स्वागत गरेका थिए ।
देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको बताए । सम्मेलनको क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।
भेटवार्ताबारे जानकारी दिंदै प्रधानमन्त्री देउवाले भने, ‘सबै राम्रा कुराहरु भएका छन् । भारतको सदभाव देखिएको छ नेपालको निम्ति ।’ युरिया मल भारतमा आवश्यक हुँदाहुँदै पनि नेपाललाई दिएकोमा आफूले धन्यवाद भनेको उनले जानकारी दिए ।
मोदीसँगको भेटमा देउवाले हवाईजहाज प्रवेश विन्दु अनुमति लगायतका विषयमा कुराकानी गरेका थिए । देउवाले कञ्चनपुर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेशको अनुमति दिन मोदीसँग आग्रह गरेको भेटपछि परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।
प्रधानमन्त्री देउवा कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवबहादुर कार्की सहभागी थिए ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो