पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले पनि हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकहरूको संगठन वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडा बढाएको जनाएको छ। हवाई भाडा जोड्ने इन्धनको शूल्कमा बढीमा रु. ४४० वृद्धि गरिएको संघले जनाएको छ।
वृद्धि भएको भाडादर अनुसार अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु. ४४० बढेको छ। यसअघि काठमाडौं-धनगढी तीन हजार ८०० रहेकोमा अब चार हजार २४० कायम भएको छ।
त्यस्तै, काठमाडौं-सिमरामा सबैभन्दा कम रु. ९५ वृद्धि भएको छ। यो गन्तव्यमा यसअघि रु. ७७० रहेको थियो भने अब बढेर रु. ८६५ पुगेको छ।
अब काठमाडौंबाट भद्रपुरमा रु. ३००, विराटनगरमा रु. २४०, जनकपुरमा रु. १३०, भरतपुरमा रु. १०५, पोखरामा रु. १५५ र भैरहवामा रु. २०५ भाडा वृद्धि गरिएको छ। तुम्लिङटारमा रु. १८५, राजविराजमा रु. २०५ र नेपालगञ्जमा रु. ३३० भाडा बढाइएको छ।
यस्तै, पोखरा-भरतपुरमा रु. ११०, पोखरा-भैरहवामा रु. १३०, पोखरा–सिमरामा रु. २२०, पोखरा-नेपालगञ्जमा रु. २३५ र पोखरा-विराटनगरमा रु. ३५५ भाडा वृद्धि भएको छ। यसैगरी, भरतपुर-भैरहवा रुटमा रु. १३५ भाडा बढेको छ।
अब पर्वतीय उडानमा पनि रु. ३४५ भाडा वृद्धि भएको छ। पोखराबाट पर्वतीय उडानमा अब रु. ३१५ बढी लाग्नेछ। विराटनगरबाट पर्वतीय उडानमा रु. ३२० र विराटनगरबाट तुम्लिङटारमा रु. १०५ भाडा बढेको छ।
नेपाल आयल निगमले इन्धनको मूल्यमा ११.६ प्रतिशत बढाएको थियो। त्यहिअनुसार, वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन्।
संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा बढाइएको छ। हवाई इन्धनको मूल्य रु. ८६ प्रतिलिटरबाट बढेर रु. ९६ प्रतिलिटर पुगेको छ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने