नेकपा एमालेका सचिव याेगेश भट्टराई अहिले पूर्व नेता माधवकुमार नेपाल र उनकाे पार्टी नेकपा एकीकृत समाजवादी विरूद्ध चर्काे अालाेचनामा उत्रिएका छन् । पहिले माधव पक्षमा रहँदा अध्यक्ष केपी शर्मा वलीले बैगुनी केटाे भनेका थिए । अहिले याेगेशलाई एमाले बाहेकका दलका कार्यकर्ताले बैगुनी केटाे भन्दै सत्ताेसराप गरिरहेकाे सामाजिक सञ्जालमा भेटिन्छन् ।
विगतमा माधवकुमार नेपालको पक्षमा रहेकामध्ये योगेश भट्टराई मात्र त्यस्ता नेता हुन् जसले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । उनले प्रचार विभागको जिम्मेवारी पाएसागै १०औं महाधिवेशन पूर्व सार्वजनिक रुपमा बोल्न थालेका छन् ।
भट्टराईले माधवकुमार नेपालविरुद्ध समेत आक्रामक अभिव्यक्ति दिएका छन् । जसमध्ये एउटामा उनले नेकपा एसको नाम नलिई माधव नेपालको दल अवैध सम्बन्धबाट जन्मिएकाले निम्तो नदिने बताए । यसको निकै आलोचना भएको थियो । भट्टराईले त्यसपछि खुट्टामा हानेको टाउकोमा लागेको बताए ।
नेकपा एमाले विभाजनपूर्व नै भट्टराई अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका थिए । उनले माधव नेपाल समूहमा बैठक बसेपनि साथ दिइरहेका थिएनन् ।
अहिले भट्टराई महाधिवेशन नजिकिदै गर्दा माधव नेपालविरुद्ध आक्रामक बन्नुमा फेरि महत्वपूर्ण पदमा स्थान पक्का गर्नु हो । एमालेभित्र ओलीको एकल वर्चश्व जस्तै छ । उनले चाहेको व्यक्ति मात्र पदाधिकारी हुन सक्ने परिस्थिति छ ।
नवौं महाधिवेशनमा सचिव निर्वाचित भट्टराईले त्योभन्दा माथिको पद दाबी गर्ने निश्चित छ । उनी उपमहासचिव वा महासचिवका दाबेदार हुन् । उपाध्यक्षमा जाने सम्भावना पनि छ । तर, त्यसका लागि ओलीको ग्रीन सिग्नल अनिवार्य छ । त्यसका लागि पनि उनलाई खुशी पार्न भट्टराई कडा अभिव्यक्ति दिन थालेका छन् ।
माधव नेपालको साथ छाडेकामध्ये भीम रावल, अष्टलक्ष्मी शाक्य ओलीको आलोचना गरिरहेका छन् । युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, रघुजी पन्त, भीम आचार्यलगायत नेताहरु मौन जस्तै छन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो