काठमाडौं : करिब २० महिनादेखि अन्योलमा रहेको कोरिया रोजगारी खुल्ने भएको छ। कोरोनाका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (इपिएस) बाट नयाँ कामदार लान बन्द गरेको कोरियाले अब खुल्ला गर्ने भएको छ।
कोरिया सरकारले केही दिनअगाडी सूचना जारी गर्दै इपिएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिन नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको छ।
यता नेपालबाट भने ‘कमिटेड’ कामदार लिइरहेको छ। कोरोना महामारी कम भएसँगै कोरियाले कामदार लैजान सुरु गरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख सुरेश राउतले बताए। १० कात्तिकमा पहिलो चरणमा कमिटेड ४८ जना कामदार कोरिया गइसकेका छन्।
इपिएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो। नेपालबाट करिब १० हजार कामदार कोरिया जाने पर्खाइमा छन्। पहिलो चरणमा ४८ जना पठाइएको छ। अब ७१ जनालाई एकै चरणमा पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए।
विश्वभर फैलिएको कोरोनाका कारण लामो समयदेखि कोरिया रोजगारी अनिश्चित जस्तै बनेको थियो। कोरोेना फैलिएसँगै कोरियाले खोप, क्वारेन्टाइनलगायत बन्देज लगाउँदै आएको थियो।
कमिटेड कामदार पठाएसँगै कोरिया सरकारको मागअनुसार इपिएस पास गरेर बसेकालाई पठाउने विभागको तयारी छ। ‘दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी भएको छ,’ उनले भने ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु