पोखरा क्षेत्रको सबैभन्दा फराकिलो सडक जिरोकिमी–विन्दवासिनी खण्डमा सवारी दुर्घटनामा परी बालकको ज्यान गएको छ । पर्स्याङस्थित गणतन्त्रचोकको जेव्राक्रसमा सवारीले ठक्कर दिँदा १४ बर्षिय शुभम खनालको मृत्यु भएको हो । तनहुँको दमौली घर भएका शुभम पोखराको शान्ति निकेतन स्कुलमा ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।
कास्की प्रहरीका अनुसार ठक्कर दिने सवारीको पहिचान भएको छैन । स्थानियका अनुसार मोटरसाइकल भनिएपनि सीसीटिभी फुटेजमा समेत नदेखिँदा कसले ठक्कर दिएको भन्ने नै भेउ पाउन नसकिएको डिएसपी सुवास हमालले गण्डक न्यूजलाई बताए ।
विश्वास आयल पेट्रोल पम्पदेखि दक्षिणतर्फको जेव्राक्रसमा आईतवार साँझ पाँच बजेतिर बाटो काट्नेक्रममा शुभमलाई सवारी साधनले ठक्कर दिई फरार भएको थियो । राजमार्गको पूर्वतर्फको घरमा बस्दै आएका शुभम पश्चिमतर्फको स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सवारीसाधनले ठक्कर दिएर भागेको स्थानीयवासीले बताए ।
ठक्करबाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी अस्पतालमा लगेका थिए । टाउकोमा गम्भिर चोट लागेका शुभमलाई तत्काल सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगेपनि त्यहाँवाट चरक लगिएको थियो । त्यहाँबाट पनि अर्को अस्पतालमा रिफर गरिएकोमा उनको निधन भएको हो ।
घटनास्थल नजिकै देउसीभैलोको नाचगान चलिरहेकोले पनि सडकमा दुर्घटना हुँदा थाहै नपाएको स्थानिय बताउँछन् । शुभमको शवको सोमवार पोष्टमार्टम गरी दमौलीमा लगेर अन्त्येष्टि गरिसकिएको छ ।
देउसीभैलो टोली बोकेर आएको बस राजमार्गको गणतन्त्रचोककै जेव्राक्रममा रोकिराखेको हुनाले पनि बाटो हिड्ने पैदल यात्रुलाई समस्यामा पारेको स्थानीयवासीको भनाई छ । प्रहरी टोलीले घटनास्थल वरपर सवारी चेकजाँच कडाई गर्दै दुर्घटनाको समय हेरेर आसपासका घरमा राखिएका सिसी क्यामरावाट ठक्कर दिने सवारीसाधन पत्ता लगाउने कोशिस गरेपनि अहिलेसम्म कुनै पत्तो नलागेको कास्की प्रहरी प्रवक्ता हमालले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन