पोखरा क्षेत्रको सबैभन्दा फराकिलो सडक जिरोकिमी–विन्दवासिनी खण्डमा सवारी दुर्घटनामा परी बालकको ज्यान गएको छ । पर्स्याङस्थित गणतन्त्रचोकको जेव्राक्रसमा सवारीले ठक्कर दिँदा १४ बर्षिय शुभम खनालको मृत्यु भएको हो । तनहुँको दमौली घर भएका शुभम पोखराको शान्ति निकेतन स्कुलमा ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।
कास्की प्रहरीका अनुसार ठक्कर दिने सवारीको पहिचान भएको छैन । स्थानियका अनुसार मोटरसाइकल भनिएपनि सीसीटिभी फुटेजमा समेत नदेखिँदा कसले ठक्कर दिएको भन्ने नै भेउ पाउन नसकिएको डिएसपी सुवास हमालले गण्डक न्यूजलाई बताए ।
विश्वास आयल पेट्रोल पम्पदेखि दक्षिणतर्फको जेव्राक्रसमा आईतवार साँझ पाँच बजेतिर बाटो काट्नेक्रममा शुभमलाई सवारी साधनले ठक्कर दिई फरार भएको थियो । राजमार्गको पूर्वतर्फको घरमा बस्दै आएका शुभम पश्चिमतर्फको स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सवारीसाधनले ठक्कर दिएर भागेको स्थानीयवासीले बताए ।
ठक्करबाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी अस्पतालमा लगेका थिए । टाउकोमा गम्भिर चोट लागेका शुभमलाई तत्काल सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगेपनि त्यहाँवाट चरक लगिएको थियो । त्यहाँबाट पनि अर्को अस्पतालमा रिफर गरिएकोमा उनको निधन भएको हो ।
घटनास्थल नजिकै देउसीभैलोको नाचगान चलिरहेकोले पनि सडकमा दुर्घटना हुँदा थाहै नपाएको स्थानिय बताउँछन् । शुभमको शवको सोमवार पोष्टमार्टम गरी दमौलीमा लगेर अन्त्येष्टि गरिसकिएको छ ।
देउसीभैलो टोली बोकेर आएको बस राजमार्गको गणतन्त्रचोककै जेव्राक्रममा रोकिराखेको हुनाले पनि बाटो हिड्ने पैदल यात्रुलाई समस्यामा पारेको स्थानीयवासीको भनाई छ । प्रहरी टोलीले घटनास्थल वरपर सवारी चेकजाँच कडाई गर्दै दुर्घटनाको समय हेरेर आसपासका घरमा राखिएका सिसी क्यामरावाट ठक्कर दिने सवारीसाधन पत्ता लगाउने कोशिस गरेपनि अहिलेसम्म कुनै पत्तो नलागेको कास्की प्रहरी प्रवक्ता हमालले बताए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’