पोखरा । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका छन् । उनले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘उद्योग खोल्न के सुविधा चाहिन्छ,त्यो दिन सरकार तयार छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘भन्सार छुट चाहियो कि, बिद्युत वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।’ उनले देशमा उत्पादित ५ सय मेघावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दावी गरे ।
हालसम्म ४.७ प्रतिशतमात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको स्वीकार्दै उनले सार्वृजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी गराए । अर्थमन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको छ । बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रबार नै २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकहरुसँग छलफलल गरेको जानकारी दिँदै मन्त्री शर्माले केही दिनमै तरलताको समस्या समाधान हुने जिकिर गरे ।
पोखरा–काठमाडौंको सडक यात्रा २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उनले भने,‘बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्छ ।’अर्थमन्त्री शर्माले कोभिडले पीडित व्यवसायीहरुको लागि घोषित पुनःकर्जा र अनुदान बितरणको प्रभाविकारिता अनुगमन थालिएको जानकारी गराउँदै साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको जानकारी गराए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले बैंकहरुले नाफामुखी भएर लागु गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गरे । उनले बजारमा देखिएको तरलता हटाउन, पर्यटन क्षेत्रले कोभिडविरुद्धको खोप लगाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न तथा व्यवसाय पुनरुत्थानका कार्यक्रमहरुलाई तीव्रता दिन आग्रह गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले कोभिडको मारमा परेका व्यवसायीहरु १२ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउँदै तरलताको समस्या छिटो समाधान गर्न माग गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिको धन्यवाद रहेको कार्यक्रमको संचालन कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गले गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो