पोखरा । मुस्ताङमा शनिबार बिहान आएको हिम पहिरोबाट जोगिन भागदौड हुँदा ११ जना घाइते भएका छन् ।
आइतबार बिहान ११ः ४० बजेको समयमा मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सी खोलास्थित मानापाथी हिमालको हिउ पग्लेर हिम पहिरो आएको थियो ।
हिमपहिरो आएको स्थान नजिक रहेका पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ ।
हिम पहिरोबाट जोगिन भागदौड हुँदा जनआर्दश अम्मर सिंह माबिका हिजो भागदौड मच्चिँदा दुई जना शिक्षक, एक जना विद्यालयका कर्मचारी र ८ जना विद्यार्थी गरी ११ जना घाइते भएका छन् । उनीहरुको जोमसोममा उपचारपछि घर फर्किएको बताइएको छ ।
यस्तै, स्थानिय जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।
स्थानिय भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौंरीमध्ये १०/१२ वटा मात्र भेटिएको वडाअध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए ।
हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रुपमा सम्पर्कमा आएका छन् । १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
उक्त क्षेत्रमा अझै पनि बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उनकाअनुसार हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।
सम्बन्धित खबर
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते
मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाको मृत्यु
कोरला नाका १५ दिन बन्द हुने
पोखराकी महिलालाई पक्राउ गरी मुस्ताङ लगियो
१७ वर्षका स्वामी भारतबाट पैदलै जोमसोम !
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग