पोखरा । देशभरको मौसम आज (बिहीबार) बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
यस्तै, राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो