बागलुङ । मोवाईलमा कुराकानी गर्न त यस क्षेत्रका नागरिकले १० वर्ष पहिले देखि नै सुविधा पाएका छन् तर विकसित प्रविधीको पहुँच नहुँदा ईन्टरनेट चलाउन भनें पाएका थिएनन् जसले गर्दा उनीहरुले समस्या झेल्दै आईरहेका थिए । टेलिकमले विकट तथा दुरदराजमा फोर जी सेवालाई तिव्र रुपले विस्तार गरिरहेकोले अहिले भनें स्थानियलाई सहज भएको छ ।
सदरमुकाम बागलुङ बजार देखि झण्डै २८ कोष पश्चिममा अवस्थित विकट गाउँ रणसिंहकिटेनीमा नेपाल टेलिकमले फोर जी सेवा सञ्चालनमा ल्याएको छ ।
बडिगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ८ रणसिंहकिटेनीको सिमानामा अवस्थित बेतथलाको धुरीमा २५ मिटर अग्लो स्थायी टावर निर्माण गरि टेलिकमले सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
टेलिमकले उक्त स्थानमा २०६७ जेठ देखि पहिलो पटक टुजी सेवा शुभारम्भ गरेको थियो । २०६८ मा थ्रिजी सेवा थप गरेको टेलिकमले सेवाग्राहीलाई उच्च गतिको ईन्टरनेट डाटा सर्भिस र गुणस्तरिय भ्वाईस सेवा प्रदान गर्न सोमबार देखि चौंथो पुस्ताको मोवाईल सेवा प्रदान गरेको कार्यालय प्रमुख शर्माले बताए ।
ग्रामीण तथा विकट गाउँका नागरिकलाई सहज रुपमा सञ्चार सेवाको पहुँचमा जोडन उच्च गतिको ईन्टरनेट डाटा सर्भिस फोर जी र गुणस्तरिय भ्वाईस सेवा भोल्टी सञ्चालनमा ल्याईएको उनले बताए । यस भन्दा पहिले उक्त स्थानमा १८ मिटरको पोल टावरबाट टेलिकमले टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो ।
अहिले २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर चौंथो पुस्ताको फोर जी सेवा शुभारम्भ भएपछि ग्रामिण क्षेत्रमा ईन्टरनेट चलाउन र उच्च गुणस्तरको आवाजमा फोन कल गर्न सुविधा भएको टेलिकमले जनाएको छ ।
बेतथला धुरी समुद्री सतहदेखि २५ सय मिटरको उचाईमा अवस्थित छ । टेलिकमको फोर जी सेवा शुभारम्भ भएपछि बडिगाड गाउँपालिकाको वडा नं ४ जलजला, वडा नं ७ भिमगिठे र वडा नं ८ रणसिंहकिटेनी सँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाका अधिकांश भुभागका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा नं ८ का वडा अध्यक्ष यम बहादुर श्रीस थापाले बताए ।
गाउँमा ईन्टरनेट सुविधा नहुँदा साह्रै समस्या झेल्नुपरेको थियो टेलिकमले फोर जी सञ्चालनमा ल्याएपछि सजिलो भएको छ वडा अध्यक्ष श्रीसले भने । अहिले स्वास्थ्य चौकी, किटेनी माध्यमिक विद्यालय र वडा कार्यालयमा प्राईभेट ईन्टरनेट सेवा त छ तर आउने जाने गर्छ भरपर्दो छैन जसले गर्दा अनलाईनबाट गर्नुपर्ने काम दिनहुँ प्रभावित हुने गरेको उनको भनाई छ ।
पहिले नेटवर्क सिग्नल खोज्न डाँडा तिर धाउनु पर्ने बाध्यता थियो । अहिले गाउँघरमै बसेर उच्च गतिको ईन्टरनेट र गुणस्तरिय भ्वाईस कल सहितको टेलिकमको फोर जी सुविधा पाउँदा आफुहरु खुसी भएको स्थानिय राजेन्द्र श्रीसले बताए ।
त्यस क्षेत्रमा फोर जी सेवा सञ्चालनमा आए सँगै नमस्ते मोवाईल प्रयोगकर्ताले तीव्र गतिको मोवाईल ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् । सेवा विस्तार सँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित रहेको जनाएको छ ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह