लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते

लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते

accident.lamjung

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप आज बिहान साढे १० बजेतिर गोया खोल्सामा दुर्घटना हुँदा जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जीप सडकबाट डेढसय मिटर तल खसेको हो । मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका–९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मध्ये दुई जनालाई चितवन पठाइएको र ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

साँघुरो बाटो र जीप पछाडि गर्न खोज्दा दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ