पोखरा महानगरपालिकाको प्रशासनिक भवन पोखराको नयाँबजार स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र भएको ठाउँमा बन्ने भएको छ । पोखराको मुख्य कार्यालय हाल पोखराको न्यूरोडमा रहेको छ ।
१९ करोडको लागतमा बन्ने भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । भवनको कूल लागत १९ करोड पाँच लाख छ हजार तीन सय पाँच रुपैयाँ रहेको महानगर वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले बताए । भूमि बुद्ध ओम बुद्ध जेभी विराटनगरसँग असोज १० गते ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ । सम्झौता अनुसार ५ तले भवन ठेक्का सम्झौता मितिदेखि १८ महिनामा सम्पन्न गरिसक्नुपर्नेछ ।
महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार शिलान्यास गरिन् । उक्त भवन साँघुरो भएका कारण सेवा प्रवाहमा असहज भएका कारण नयाँ भवन निर्माण गर्न लागेको महानगरपालिका प्रमुख मानबहादुर जिसीले बताए । स्वास्थ्यलाभपछि मेयर जिसी स्वयं शिलान्यास समारोहमा उपस्थित भएका थिए ।

पोखरेली जनताले तिरेको करबाटै भवन बनाउने भएकाले जनतालाई थप सहज र सरल रुपमा सेवा प्रवाह गर्न व्यवस्थित भवन निर्माणलाई अगाडि बढाइएको मेयर जिसीले बताए । मेयर जिसीले भने– ‘पोखराको विकास पोखरेलीहरु आफ्नै गर्नुपर्नेछ । पोखरा हाम्रो हो, हामी आफैले बनाउने हो । अरु कोहि आएर बनाइदिँदैन । त्यसैले काम गर्ने क्रममा समस्या आउँछन । ती समस्या समाधान गरेर अगाडि बढनुपर्छ ।’
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरका सबै महाशाखाहरुको सेवा एउटै भवनबाट प्रवाह गदै नागरिकलाई सहज बनाउन प्रशासकीय भवन निर्माण गर्न लागिएको बताए ।
पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले हालको कार्यालय साँघुरो र अव्यवस्थित भएकाले नयाँ प्रशासकिय भवन बनाउन लागेको बताए ।
पोखरा महानगरपालिका सचेतक एवं पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले पोखराको विकाससंग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताउँदै यसले पोखराका नागरिकलाई सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे ।

स्थानियको अवरोध
शिलान्यास कार्यक्रममा केहीबेर स्थानीयले अवरोध गरेका थिए । दमकलमार्ग वरपरका स्थानियले सरकारी जग्गालाई खुल्ला राखी पार्क बनाउनुपर्नेमा भवन बनाउन लागेको भन्दै उनीहरुले विरोध गरेका थिए ।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले राम्रो काम गर्दा सानोतिनो अवरोध आउनु स्वाभाविक भएको भन्दै महानगरपालिकाले आफ्नै लालपुर्जा भएको स्थानमा भवन बनाउन लागेको भन्दै अवरोध गर्नु उचित नभएको बताए ।
केहीबेरको अवरोधपछि स्थानियहरु पाखा लागेका थिए । सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको थियो ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह