पोखरा । सहारा युकेको अध्यक्षमा भूतपूर्व ल्याप्टेन कुशाङ गुरुङ निर्वाचित भएका छन् । सहारा क्लव पोखराको भातृ संस्थाको रुपमा रहेको सहारा युकेको हालै सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेशनले आगामी दुई वर्षीय कार्यकालको लागि गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यसै गरी क्लवको उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, नेपाल प्रहरीका पूर्व डिएसपी समेत रहेका वाचस्पती रेग्मी सचिवमा, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ, सहारा एफसी चेयरमेनमा सारदा गुरुङ, सहारा एफसीको सिइओमा भूतपूर्व क्या. पिताम्वर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र यूवा खेलकुद संयोजकमा सन्दिप उपाध्यायलाइ सर्व सम्मत निर्वाचित गरिएको क्लवले जनाएको छ ।
क्लवको अन्य सदस्यहरुमा मिलन गुरुङ (फोटो पत्रकार), पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, सम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ सर्वसम्मत निर्वाचित भएको सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङले बताए । मलेशियाको कोटाकिनाबालु दौड प्रतियोगितामा सन १९९१ देखि १९९३ सम्म तीन पटक लगातार जितेर किर्तीमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ किर्तीमान गरेका नवनिर्वाचित अध्यक्ष गुरुङको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन।
यसैबिच, सहारा युकेले हरेक वर्ष प्रदान गर्दै आएको सहारा युके अवार्ड यो वर्ष मरणोपरान्त धनु पुरन थकालीलाई उक्त अवार्ड प्रदान गरिएको छ । सहारा युकेको महासचिव पदमा रहदा उनकोे उपचारकै क्रममा ५२ वर्षको उमेरमा बेलायतमा निधन भएको थियो । उनले सहारा युकेको हरेक गतिविधी तथा कार्यक्रमहरुलाई सफल बनाउन उल्लेखनिय भुमिका खेलेका क्लवले जनाएको छ । पूर्व अध्यक्ष दिलिप गुरुङ ‘एमविइ’को संयोजकत्वमा गठित अवार्ड कमिटीले उनलाई मरणोपरान्त सहारा युके अवार्ड २०२१ बाट सम्मान गर्ने निर्णय गरेको थियो ।
यसअघि, क्लवका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष मिन बहादुर गुरुङ, सचिव वाचस्पती रेग्मी, कोषाध्यक्ष सारदा गुरुङ, सहारा एफसीका चेयरमेन कृष्ण गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)