पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्डका उपाय कडाईका साथ अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार १० हजार २ सय ६७ जनाको कुल परिक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएका हुन् । सोही अवधिमा २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा शून्य छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो ३ सय ९३ जनाका संक्रमण पुष्टि भएको थियो । अस्ति सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समयपछि कोरोना संक्रमितको संख्या ३ सय पुगेको थियो ।
गण्डकीमा पनि बढ्न थाल्यो
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार एक साताको अवधिमा १ सयमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १६ जना थपिएका छन् । ११७ नमुना परीक्षण गरिएको थियो । निको हुने संख्या ६ जना मात्रै छ । यस हिसाबमा निको हुने भन्दा संक्रमण संख्या तेब्बर बढी छ । गण्डकीमा अहिले १३१ जना होम आईशोलेनमा छन् ।
कास्कीमा सक्रिय केस ११७
गण्डकी प्रदेश राजधानी जिल्ला कास्कीमा अहिले सक्रिय केस नै ११७ जना छ । कास्कीमा मात्रै एक हप्तामा ६८ जना थपिएका छन् । कास्कीमा हालसम्म ३६ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । यी मध्ये ६२७ जनाले ज्यान गुमाएका छन् । ३६ हजार १ सय ६८ जनाले कोरोना जितेका छन् ।
कास्कीमा ९८ प्रतिशतले कोरोना विरुद्ध खोप लगाइसकेको निर्देशनालयको तथ्यांक छ । अहिले १२–१८ वर्ष उमेर समूहलाई मोर्डना खोप लगाउने क्रम जारी रहेको छ ।
भारतमा लकडाउन सुरु, नेपालमा भारतीयको संख्या अत्यधिक
भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
मन्त्रालयले देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन आइतवार विज्ञप्तिमार्फत् अनुरोध गरेको छ।
अहिले ओमिक्रोन भाइरसले पुनः महामारी बढ्ने संकेत देखापरिसकेको छ । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरिअन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार सङ्क्रमित थपिएकाे बीबीसीले जनाएकाे छ । हाल अमेरिकामा पुष्टि भएका सङ्क्रमित मध्य अधिकांशमा ओमिक्रोन भेरिअन्ट पाइएको छ।
पोखरामै न्यू इयरमा सञ्चालित सडक महोत्सवमा हेर्दा भारतीयहरुको संख्या अत्यधिक देखिन्थ्यो । ओमिक्रोनले प्रभावित बनाएको मुलुक भारत पनि हो । भारतको राजधानी नयाँ दिल्ली र अर्को ठूलो सहर मुम्बईमा पनि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ।
मङ्गलवार भारतमा ३७ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् जुन एक सातामा पाँच गुणा वृद्धि रहेको विज्ञहरूले बताएका छन्। धेरैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताइएको छ। कुल सङ्क्रमित मध्य झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन्।
पोखरा छिर्ने भारतीयहरुलाई चेकजाँच गरिएकै छैन । उनीहरु निर्वाध रुपमा पोखरा छिरिरहेका छन् ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?