पोखरा । अनुमति नलिई सेतो सिमेन्ट बजार पठाउने पोखराको एउटा उद्योगलाई जरिवाना तिराइएको छ । पोखरा औद्योगिक क्षेत्रस्थित आरती पेन्टिङ उद्योग प्रालिलाई गण्डकी प्रदेश सरकार मातहतको प्रदेश बजार अनुगमन टोलीले बिहीबार जरिवाना तिराएको हो ।
सेतो सिमेन्ट अनुमति बिनै बिक्री गरेको उक्त उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोली संयोजक एवं उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक नारायण आचार्यले बताए । ‘पेन्टिङ सामग्रीको उत्पादन र बिक्रीको अनुमति लिएको त्यो उद्योगलाई प्याकेजिङको अनुमति छैन । बाहिरबाट ल्याएको सामान रिप्याकेजिङ गर्नु गैरकानुनी हो । त्यही कसुरमा जरिवाना गरेका हौँ,’ आचार्यले भने ।
बजारमा बिना लेबलिङको सेतो सिमेन्ट बिक्री भएको गुनासो दर्ता भएपछि अनुगमन टोलीले अनुगमन गरेको थियो । उद्योगीले सेतो सिमेन्ट रङ बनाउन प्रयोग हुने भएकाले प्रयोग गरेको बताएका छन् ।
अनुगमन टोली सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला कतै लेबलिङबिनाका उत्पादन भेटिए खबर गर्न आग्रह गर्छन् । ‘उपभोक्तालाई मर्का पर्ने कुनै पनि कारोबार नगर्न हामी सबै व्यवसायीलाई आग्रह गर्छौँ । उत्पादन मिति भए/नभएको कुरा उपभोक्ताले हेर्नुपर्छ । केही समस्या भए उपभोक्ता अधिकारका लागि हामी छौँ,’ उनले भने ।
रिप्याकेजिङ गरिएको सिमेन्ट बिक्री गर्न राख्ने हाडवेयरलाई पनि जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । पोखरा १७, बिरौटास्थित कमल हाडवेयरले लेबल नै नभएको उक्त सिमेन्ट बिक्रीमा राखेको भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना तिराइएको संयोजक आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ