पोखरा । नेपालमा थप कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको थियो।
एकैपटक ठूलो संख्यामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँँगै खुकुलो पारिएका गण्डकी प्रदेशका नाकाहरुमा पुनः गरिने कडाइ भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मासहितको शुक्रबार बसेको बैठकले ओमिक्रोन नियन्त्रण गर्न तत्कालन आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।
बैठकमा हालै भइरहेका सबै प्रकारका मेला महोत्सव समेत बन्द गर्न सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयका सचिव विनोदविन्दु शर्मालाई मन्त्री गुरुङले निर्देशन दिएकी छन् ।
प्रदेशमा यसअघि गरिएका हेलो डाक्टर, कोरोना अपडेट लगायतका कामहरू पनि सुरु गरिने भएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा शुक्रबारसम्म १ सय ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ सय १५१ जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । गण्डकीमा हालसम्म एक हजार ४२७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
गण्डकीमा पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जना निको भएका छन् । तथ्यांकअनुसार गण्डकीमा सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । कुल सक्रिय संक्रमितमध्ये कास्कीमा मात्रै १ सय २७ जना सक्रिय संक्रमित छन् ।
नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो