पोखरा । नेपालमा थप कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको थियो।
एकैपटक ठूलो संख्यामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँँगै खुकुलो पारिएका गण्डकी प्रदेशका नाकाहरुमा पुनः गरिने कडाइ भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मासहितको शुक्रबार बसेको बैठकले ओमिक्रोन नियन्त्रण गर्न तत्कालन आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।
बैठकमा हालै भइरहेका सबै प्रकारका मेला महोत्सव समेत बन्द गर्न सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयका सचिव विनोदविन्दु शर्मालाई मन्त्री गुरुङले निर्देशन दिएकी छन् ।
प्रदेशमा यसअघि गरिएका हेलो डाक्टर, कोरोना अपडेट लगायतका कामहरू पनि सुरु गरिने भएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा शुक्रबारसम्म १ सय ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ सय १५१ जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । गण्डकीमा हालसम्म एक हजार ४२७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
गण्डकीमा पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जना निको भएका छन् । तथ्यांकअनुसार गण्डकीमा सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । कुल सक्रिय संक्रमितमध्ये कास्कीमा मात्रै १ सय २७ जना सक्रिय संक्रमित छन् ।
नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’