गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरेको छ । प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३.५१ प्रतिशत बृद्धि गरिएको छ भने नगर भित्र २२.५५ प्रतिशत भाडादर बृद्धि गरिएको छ । त्यस्तै, ट्रकमा १४.५७ प्रतिशत र जीपमा ५.५ भाडा बृद्धि गरिएको छ ।यसअघी संरकारले २८ प्रतिशतसम्म भाडादर बृद्धि गरेको थियो ।
ट्याक्सीमा मिटर प्रणाली लागु
प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको छ । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने र माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडादर कायम गरिएको छ । सरकारले ट्याक्सीमा बिलसहितको मिटर अनिवार्य गरेको छ ।
पाेखरामा बस स्टप बाहेकका ठाउँमा बस राेक्न नपाइने
प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस रोक्न नपाउने नियम बनाएको छ । बस स्टप भन्दा १०-१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर संकेत गरेको खण्डमा जहाँसुकैपनि बस रोक्ने गरिएको छ । जसले गर्दा दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक ब्यबस्थापन भद्रगोल हुँदै आएको थियो । तर अब सरकारले बस स्टप बनाईदिने र सो बस स्टपबाहेक अन्य ठाउँमा कडाईका साथ बस रोक्न निषेध गरिने भएको छ ।
त्यस्तै बसमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने प्रावधान राखिनुका साथै अब नया बस खरिद गर्दा अटोमेटिक रुपमा ढोका लाग्ने खालको बस राख्नुपर्ने प्रावधान राखिएको छ । ‘ढोका खुल्ला हुँदा झुण्डिएर यात्रा गर्ने, जसका कारण यात्रु दुर्घटनामा परेर घाईते, अपाङ्ग हुनुका साथै मृत्यूसमेत हुने गरेकाले अटोमेटिक ढोका बन्द हुने बस अनिवार्य गर्ने निर्णय भएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह