देशभरको मौसम आज (आईतबार) बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।
अहिले बिहान सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आईतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघर गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।
यस्तै, राती देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघर गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो