पछिल्लो २४ घण्टामा गण्डकीका थप ६९७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५१ जना, तनहुँका १५ जना, गोरखाका चार जना, लमजुङका १४ जना र नवलपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ४८ जना, पर्वतका २३ जना, बाग्लुङका ५९ जना, म्याग्दीका २० जना, मुस्ताङका एक जना अर मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९४ हजार १० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ६१५ पुगेको छ। भने, अहिले प्रदेशभर ४९६२ सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३३ रहेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’