अश्विन दानी । गोरखा नगरपालिकाले कामको जिम्मा लिएर पनि सम्पर्कमा नआएका तीन निर्माण कम्पनीको धरौटी जफत गरेको छ ।
आफ्नो क्षेत्र अन्तर्गत विभिन्न ठाउँमा सञ्चालन भईरहेका चार सडक निर्माण जिम्मा ति तीन कम्पनीले लिएका थिए । सिएमसी कम्पनीले दुई, अकलामाई र आरएआरई कम्पनीले एक–एक ओटा सडक निर्माण कामको जिम्मा लिएको कार्यालयले जनाएको छ ।
उक्त कम्पनीहरुले कामको जिम्मा लिएपनि महिनौंसम्म काम अबरुद्ध पारी सम्पर्कमै नआएपछि धरौटी जफत गरेको गोरखा नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत प्रदिप अधिकारीले जानकारी दिए । नगरपालिकाले तीन कम्पनीबाट कुल सात लाख धरौटी जफत गरेको अधिकारीले बताए ।
‘तीन ओटै कम्पनीले कामको जिम्मा लिएपनि महिनौसम्म सम्पर्कमा आएनन’ अधिकारीले भने ‘ती कम्पनीहरु जिम्मा लिएको कामको अबधि अझै केही महिना बाँकी नै भएपनि उनीहरुले काम अलपत्र पारी सम्पर्कमै नआएकाले कारवाही गरेका हौँ ।’
नगरपालिकाले कामको जिम्मा लिएर सम्पन्न नगरी छाड्ने निर्माण कम्पनीहरुमाथि कारवाही सुरु गरेको छ । अलपत्र परेका चार ओटै ठाउँको सडक निर्माणका लागि नगरपालिकाले अन्य निर्माण कम्पनीसँग सम्झौता गरी काम सुरु गर्न लागेको अधिकारीले जानकारी दिए ।
गोरखा नगरपालिका भित्र सञ्चालन भईरहेका सम्पूर्ण विकास निर्माणको काम तोकीएको समयभित्र ८० प्रतिशतभन्दा कम सम्पन्न भएको पाईएमा उक्त कामको जिम्मा लिएको कम्पनी तथा उपभोक्ता समितिलाई समेत कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।
‘कामको जिम्मा लिएर समयमै काम सम्पन्न नगर्ने र नगरपालिकासँग सम्पर्कमै नआउने सबैलाई कारवाही हुन्छ’ अधिकारी भने ‘हामीले नगरपालिकामा सञ्चालन भईरहेका सम्पूर्ण विकास निर्माण कामको अवलोकन गरिरहेका छौँ । विगतमा जस्तै समयमै काम सम्पन्न नगर्नेलाई विना कारवाही छाड्ने छैनौँ ।’
विगतका समयमा गोरखा नगरपालिका भित्र भईरहेका बिभिन्न विकास निर्माणको काममा निर्माण कम्पनीको लापरबाहीका कारण सर्बसाधरण मर्कामा पर्ने गरेपनि कुनै कारवाही हुने गरेको थिएन ।
‘हाम्रो यो कार्याक्रम निरन्तर चलिरहन्छ’ अधिकारी भन्छन् ‘हामिले तीन कम्पनीलाई कारवाही गरेपछि अन्य निर्माण कम्पनीका व्यक्तिहरु समेत आफै आएर कामको विवरण बुझाउन थालेका छन् ।’ नगरपालिकाले यस कार्याक्रमलाई निरन्तरता दिँदै जाने अधिकारीले बताए ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?