गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् ।
उनले देश जनताका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गगर्दै १ सय ४ वर्षीय जहानीया राणा शासन विरोधी आन्दोलनमा जीवन अर्पण गर्ने ४ सहित विभिन्न कालखण्डमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुका कारण नै अहिले हामीलाई यो राजनीतिक उपलब्धि हासिल भएको बताएका छन् । उनले भनेका छन्, ‘उहाँहरु सदा सर्वदा हाम्रो स्मरणमा रहनुहुनेछ । सहिदकै साहसिक कार्य र बलिदानको परिणामस्वरुप लोकतान्त्रिक वातावरणमा हामी निर्धक्क भएर आफ्ना हक अधिकार प्रयोग गर्न पाएका छौं ।’
सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी हो रहेको उनको भनाइ छ । सन्देशमा उल्लेख छ, उनले देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने विषयलाई सबै राजनीतिक दलले राख्न जरुरी रहेको उल्लेख गरेका छन् । महान् सहिदहरुको त्याग र बलिदानको कदरका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको समेत जनाएका छन् । सन्देशमा उल्लेख छ, ‘यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो