गोरखा । प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शाखाको चौथौ अधिवेशनले युवा पत्रकार दानीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव (खुल्ला) मा सुजन बस्नेत, सहसचिव (समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ ।
सदस्यहरुमा उर्मिला गुरुङ, सुशील भारती, अश्विन थापा, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन गरेको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय कोषाध्यक्ष इन्द्र आचार्य, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा पत्रकार किरण लोहनीले आफ्नो स्वर्गीय पिता मणिराज लोहनीको स्मृतिमा पत्रकारिता पुरस्कार र एमाले गोरखाका युवा नेता राजन गुरुङले क्रियाशील युवा पत्रकारिता पुरस्कारका लागि ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
निर्वाचित सम्पूर्ण नयाँ टीमलाई चौतारीका केन्द्रीय उपाध्यक्ष पाण्डेले पद तथा गोपनियताको सपथ गराएका थिए । पूर्व अध्यक्ष उद्धव कुमाल लगायतको उपस्थिति थियो ।
नवनिर्वाचित अध्यक्ष दानी पूर्व गण्डकन्यूजकर्मी हुन् ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?