पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका र्यापर आशीष राना ‘लाउरे’ लाई हिरासतमा राख्न तेस्रा पटक म्याद थप गरिएको छ । उनलाई पुनः ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । ब्राउन सुगर कारोबार गर्ने समूहसहित लाउरे पक्राउ परेका थिए ।
यसअघि लाउरेलाई पहिलो पटक ८ दिन र दोस्रो पटक १७ दिनका लागि म्याद थप गरिएको थियो । लागुऔषध कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ ।
लाउरेसहित ४ जनालाई कास्की प्रहरीले जाल्पारोडबाट पुस १४ गते पक्रेको थियो । प्रहरीले करिब १३ ग्राम ब्राउन सुगरसहित लाउरे र अन्य ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुव थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका बिक्की भन्ने ३० वर्षीय नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ छन् । सुस्मिताको स्थायी ठेगाना स्याङ्जाको भीरकोट नगरपालिका हो । उनीहरुबाट डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान बरामद भएको थियो ।
लाउरे चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजका जज पनि हुन् । लाहुरे लागुऔषध सेवनकर्तामात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । अरु लागु औषधको दाँजोमा ब्राउन सुगर वा कोकिनमा कडा सजायको व्यवस्था छ । २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ । अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन गर्नेको हकमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । लागु औषध मुद्दामा कैद छुटको कानुनी प्रावधान छैन ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा