नक्कली पीसीआर रिपोर्ट बनाउने दुई वटा अस्पतालका कर्मचारी पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाउने दुई वटा अस्पतालका कर्मचारी पक्राउ

pcr-thagi

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले दुई वटा अस्पतालबाट ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार नक्कली पीसीआर रिपोर्ट बनाउने काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिचौलियासमेत छन् ।

प्रहरीका अनुसार नागरिक कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेका हुन् । छिट्टानको साथबाट प्रहरीले ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट प्रहरीले बरामद गरेको छ ।

कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । यादवको साथबाट प्रहरीले १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरेको छ ।

पीसीआर परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ