पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा दर निर्धारण गरेको छ । १ फागुनदेखि लागु हुने गरी भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जिप, बस, नगर बस, ट्रक र ट्याक्सीको भाडा निर्धारण गरेको हो । यससम्बन्धी सूचना मन्त्रालयले बुधबार प्रदेश राजपत्रमा प्रकाशन गरेको छ ।
प्रदेश सरकारले पहिलोपटक सार्वजनिक सवारीको भाडा तोकेको हो । अब सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रूपैयाँ र तीन किलोमिटरपछि प्रति किलोमिटर साढे दुई रूपैयाँ भाडा लाग्ने मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले जानकारी दिए । २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रति किलोमिटर साढे दुई रूपैयाँको हिसाब हुने सूचनामा उल्लेख छ ।
ट्याक्सीमा चढ्दा फ्ल्याग डाउनबापत ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्दैन । दुई सय मिटर कटेपछि प्रत्येक दुई सय मिटरमा थप १० रुपैयाँ लाग्ने सूचनामा उल्लेख छ । फ्ल्याग डाउन र पल्सको नियम १५ किलोमिटरभित्र गुड्दामात्रै लागु हुनेछ । १५ किलोमिटरमाथि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ थप शुल्क लाग्ने छ ।
जिपमा प्रति किलोमिटर प्रति यात्रु साढे पाँच रूपैयाँ, एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रति किलोमिटर ३.१० रूपैयाँ निर्धारण गरिएको छ । ट्रकमा सामान ओसार्न प्रति किलोमिटर अब प्रति टन ११.७२ रूपैयाँ लाग्ने छ ।
प्रदेश सरकारले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा गत १३ असोजमा १० सदस्यीय प्रदेश भाडा सिफारिस समिति बनाएको थियो । त्यो समितिले १२ पुसमा बुझाएको प्रतिवेदनको आधारमा व्यवसायीसँग छलफल गरेर भाडा समायोजन गर्ने निर्णय भएको हो । नयाँ भाडा लागु गर्न यातायातसम्बद्ध संघसंस्थाले लिखित प्रतिबद्धता जनाएका छन् ।
ट्याक्सीबाहेक अन्य सवारीमा १ फागुनदेखि नै यो भाडा लागु हुनेछ । ट्याक्सीमा मिटर जडान गर्नुपर्ने भएकाले केही समय लाग्ने भाडा सिफारिस समितिका सदस्य कपिलनाथ कोइरालाले बताए । ट्याक्सीमा व्यवसायीले मिटर जडान गर्ने छन् र गुणस्तर तथा नापतौल कार्यालय पोखराले त्यसको प्रमाणीकरण गरेपछि नयाँ भाडा लागु हुनेछ ।
उपभोक्ता मञ्च गण्डकीका अध्यक्षसमेत रहेका कोइराला सरकारले सबै पक्षलाई मनाएर सहासिक निर्णय गरेको बताउँछन् । ‘मनपरी भाडा तोकिँदै आएकोमा सरकारले यो सहासिक निर्णय गरेको हो,’ उनले भने, ‘व्यवसायीले हामी नियममा बाँधिन्छौँ भन्नु राम्रो पक्ष हो । उनीहरू नैतिकतामा बाँधिए । उपभोक्ताले पनि जति आउँछ त्यति तिर्न पाउने भए ।’
नयाँ भाडा दर लागु भए/नभएको अनुगमन गरिने कोइरालाले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो