पोखराका अधिवक्ता कमल प्रसाद अर्याल पक्राउ परेका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अर्याललाई मंगलबार पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । ठगी आरोपमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जनाइएको छ ।
अहिले उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको चर्चित भैँसी चोरी काण्डमा उनले रकम लिएको आरोप लागेको छ । गाउँपालिकाको न्यायिक समितिले गरेको भैंसी चोरी सम्बन्धी मुद्दामा न्यायाधीशलाई खुसी पारेर मिलाइदिने भन्दै पक्षबाट रकम लिएको आरोप लागेको अर्यालमाथि छ ।
अधिवक्ता अर्याल पोखरा महानगरपालिकाका कानुनी सल्लाहकारका रुपमा कार्यरत रहँदै आएका थिए ।
मेयरले गरे पदमुक्त
यसैबीच, मेयर मानबहादुर जिसीले कानुनी सल्लाहकारबाट अर्याललाई भर्खरै पदमुक्त गरेका छन् । मंगलबार राति १० बजेपछि फेसबुकबाटै मेयर जिसीले अर्याललाई पदमुक्त गरेको सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्– ‘महानगरको कानुनी सल्लाहकार अधिवक्ता कमल प्रसाद अर्यालको बारेमा आएका समाचारहरु प्रति ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य छानविनको लागि प्रशासन समक्ष अनुरोध गर्दै घटनाको छानविनमा असहज परिस्थिति सृजना नहोस भन्नको लागि निज अर्याललाइ कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा जानकारी गराउँदछु ।’
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन