बाग्लुङमा सुक्खा पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते

बाग्लुङमा सुक्खा पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते

Pahiro

बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका ७ मा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

आज बिहान पहिरो खस्दा स्थानीय गोपीराम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इदिखोलादेखि गोठान जोड्ने सडक खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर मृत्यु भएको हो ।

पहिरोमा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ