पोखरा । आज महाशिवरात्रि । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।
शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
सम्बन्धित खबर
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग