काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाशुपत क्षेत्र गएर हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरे ।
उनलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं रवीन्द्र अधिकारीले स्वागत गरे । मुक्तिनाथमा विशेष पूजाआजा र दर्शनपछि मोदी पुनः काठमाण्डौ फर्किएर पशुपतिनाथ पुगेका हुन् ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । यसपटक मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए ।
उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे। मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए। मोदीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले पशुपतिनाथ मूर्तिसहितको फ्रेम उपहार दिए।

के लेखे मोदीले पशुपतिको आगन्तुक पुस्तिकामा?
मोदीले फेरि एक पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन्। पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन्।
पशुपतिनाथको दर्शनपछि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले यस्तो बताएका हुन्।

पूजापछि मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गरेको जानकारी दिए।
तस्विरः रासस
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन