मन्त्री चढेको गाडी तनहुँमा दुर्घटना, मोटरसाइकल जोगाउँदा पोलमा ठोक्कियो [भिडियो]

मन्त्री चढेको गाडी तनहुँमा दुर्घटना, मोटरसाइकल जोगाउँदा पोलमा ठोक्कियो [भिडियो]

harisharan mantri

तस्वीरः कृष्ण न्यौपाने/तनहुँ मार्फत्

गण्डकीका मन्त्री ठूलो दुर्घटनाबाट बचेका छन् । उर्जामन्त्री हरिशरण आचार्य चढेको गाडी सोमबार बिहान पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ सुगम पेट्रोल पम्प अगाडि दुर्घटनामा परेको हो । मन्त्री र चालक तथा सवार व्यक्तिहरु सकुशल छन् ।

बिहान घाँसीकुवा तर्फबाट दमौलीतिर आउँदै गर्दा मोटरसाइकलले अचानक बाटो काटेपछि जोगाउने क्रममा झण्डावाल गाडी सडक छेउको बिजुलीको पोलमा ठोक्किन पुगेको प्राप्त सिसिटिभी फुटेजमा देखिन्छ ।  मन्त्री सवार गाडी तीब्र गतिमा गुडेको देखिन्छ ।

ग १ झ ६०० नम्बरको मन्त्रीको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले कुन मन्त्रीको गाडी भन्नेबारे केही बताएको छैन । यद्यपी उर्जामन्त्री आचार्य नवलपुरबाट पोखरातर्फ आउँदै रहेको बुझिएको छ ।

खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा आइतबार सहभागी भएर मन्त्री आचार्य सोमबार बिहान पोखरा फर्किँदै थिए । मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ पनि सँगै रहेकाले श्रेष्ठ चढ्ने गाडीमा मन्त्री पोखरा फर्कँदै थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ