संखुवासभा । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
प्रहरीका अनुसार मृतक सबै जनाको नै परिचय खुलेको छ ।
दुर्घटनास्थलम १४ जनाको र उपरचाका क्रममा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन् । जसमध्ये २ जना बालबालिका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मादी नगरपालिका ६ की सीता विक, अञ्जना कटवाल र पाँच वर्षीया दीक्षा कटवाल रहेका छन् । यस्तै मादी ५ का भवानीप्रसाद दाहाल, श्याम शेर्पा, दीपक दाहाल, उमेश भट्टराई र युका पोख्रेलको मृत्यु भएको हो । मादी ४ का बलबहादुर कार्की, सविता कार्की, आइतबहादुर तामाङ र वडा नम्बर २ का इन्द्र अधिकारीको मृत्यु भएको छ ।
त्यस्तै, दुर्घटनामा ताप्लेजुङ घर भएकी ३१ वर्षीया समीक्षा योन्जन र उनका आठ वर्षीय छोरा सुदीप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका विपीन निरौलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । विपीन बसका चालक र उमेश सहचाक हुन् ।
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
मृतक १४ जनालाई पोस्टमार्टमका लागि चैनपुर अस्पताल लगिएको छ ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्ती भीरबाट ३ सय मिटर तल खसेको हो ।
सम्बन्धित खबर
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु