काठमाडौँ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
युक्रेनमाथि युद्ध प्रवेश गरेपछि रूसविरुद्ध अमेरिकाले कैयौं प्रतिबन्ध लगाएको बदलामा रुसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्धको घोषणा गरेको हो ।
रूसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै शीर्ष १३ अधिकारीहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको हो ।
रूसी मन्त्रालयका अनुसार प्रतिबन्ध सूचीमा राष्ट्रपति बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोइड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआईए प्रमुख विलियम बन्र्सलगायत रहेका छन् ।
यो प्रतिबन्धबाट अमेरिकाका अन्य अधिकारीहरू पनि प्रभावित हुने रूसले जनाएको छ । युक्रेनमाथि हमला गरेपछि रूसविरुद्ध अमेरिका र पश्चिमा मुलुकहरूले दर्जनौं प्रतिबन्ध लगाएका छन् । केही रुसी कम्पनी र मानिसलाई पनि प्रतिबन्ध लगाइएको छ। अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ।
पश्चिमा देशको प्रतिबन्ध र चेतावनीपछि रुसले, रुसी तेल प्रतिबन्ध गर्नाले यसको मूल्य ३ सय डलर प्रतिब्यारेल पुग्नसक्ने चेतावनी दिएको छ। यस्तै जर्मनीको लागि मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने चेतावनी दिएको छ।
सम्बन्धित खबर
नेपाल-बंगलादेशसँग हाम्रो आन्दोलनको तुलना नगर्नुहोस्: दीपके
फ्रान्समा हिंसात्मक प्रदर्शन : १९औँ शताब्दीको ऐतिहासिक टाउन हल ध्वस्त
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
पाकिस्तानको खैबर पख्तुनख्वाका मुख्यमन्त्री हिरासतमा, गभर्नर शासन लागू
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला