काठमाडौँ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
युक्रेनमाथि युद्ध प्रवेश गरेपछि रूसविरुद्ध अमेरिकाले कैयौं प्रतिबन्ध लगाएको बदलामा रुसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्धको घोषणा गरेको हो ।
रूसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै शीर्ष १३ अधिकारीहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको हो ।
रूसी मन्त्रालयका अनुसार प्रतिबन्ध सूचीमा राष्ट्रपति बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोइड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआईए प्रमुख विलियम बन्र्सलगायत रहेका छन् ।
यो प्रतिबन्धबाट अमेरिकाका अन्य अधिकारीहरू पनि प्रभावित हुने रूसले जनाएको छ । युक्रेनमाथि हमला गरेपछि रूसविरुद्ध अमेरिका र पश्चिमा मुलुकहरूले दर्जनौं प्रतिबन्ध लगाएका छन् । केही रुसी कम्पनी र मानिसलाई पनि प्रतिबन्ध लगाइएको छ। अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ।
पश्चिमा देशको प्रतिबन्ध र चेतावनीपछि रुसले, रुसी तेल प्रतिबन्ध गर्नाले यसको मूल्य ३ सय डलर प्रतिब्यारेल पुग्नसक्ने चेतावनी दिएको छ। यस्तै जर्मनीको लागि मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने चेतावनी दिएको छ।
सम्बन्धित खबर
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’