काठमाण्डौ। आन्तरिक राजश्व विभागले एक महिनामा २८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा २८ अर्ब ३७ करोड ९५ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट २८ अर्ब ७२ करोड ५८ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८.७९ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।
विभागले आठ महिनामा २ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । विभागको उक्त तथ्याङक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा २ खर्ब ८५ अर्ब १७ करोड ८० लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट ३ खर्ब ४ अर्ब ४८ करोड ४३ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९३.६६ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयकरबाट १ अर्ब ३० अर्ब ६८ करोड ७९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ अर्ब २८ अर्ब ७९ करोड ३८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । घरबहाल करबाट २ अर्ब ५७ करोड १४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ८७ करोड २१ लाख ३३ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने