पोखरामा होलीको रौनक ! विदेशी पर्यटकले समेत मनाए होली (फोटोफिचर)

पोखरामा होलीको रौनक ! विदेशी पर्यटकले समेत मनाए होली (फोटोफिचर)

holi-11

अर्जुन थापा । कोरोना संक्रमणका कारण विगत दुई वर्ष प्रतिवन्धबीच छिटफुट रुपमा होली मनाइएपनि यस वर्ष भने पोखरामा धुमधामसँग मनाइएको छ।

बिहीबार पोखराको मूख्य पर्यटकीय क्षेत्र लेकसाइड होलीको रङ्ग सँगै रंगिन बनेको छ। लेकसाइडमा होली खेल्नका लागि पोखराका विभिन्न स्थानसहित छिमेकी जिल्ला तनहुँ र स्याङ्गजाबाट समेत युवा युवतीको भीड लागेको थियो। पोखराको हल्लनचोकदेखि तालबाराही चोकसम्मको सडक होलीको रङ्गले रङ्गिएको थियो। स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै स्कर्टिङ र ठाउँ-ठाउँमा कडा चेक जाँच गरेको थियो।

होली पर्वलाई नै लक्षित गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले लेकसाइडमा होली महोत्सवको आयोजना गरेको थियो। महोत्सवमा विदेशी पर्यटकहरुले समेत नेपाली तथा विदेशी पर्यटकसँग आपसमा रंग दल्दै होली मनाएका थिए। नेपालीहरुले लगाइदिएको रंगलाई पर्यटकहरुले हार्दिकतापूर्वक ग्रहण गर्दै शुभकामना आदानप्रदान गरिरहेका देखिन्थे।

यता, होली पर्वलाई लिएर पोखरामा सवारी चेक जाँचमा कडाई गरिएको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले गण्डक न्युजलाई बताए। प्रवक्ता तिवारीका अनुसार होलीकै कारण अहिलेसम्म अप्रिय घटना नघटेको र केही मापसे गरेर सवारी चलाएका चालकको हकमा सवारी नियन्त्रणमा राखिएको उनले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ