गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले करिब १५ लाख रूपैयाँ सामाजिक काममा खर्चिएका छन् । कास्की २ (ख)बाट निर्वाचित कांग्रेस नेता थापाले गत वर्ष माघदेखि यस वर्ष फागुन मसान्तसम्म सांसद र मन्त्री भएबापत प्राप्त र त्यसमा थपेर १४ लाख ८६ हजार ९ सय रूपैयाँ सामाजिक कार्यमा खर्चिएका हुन् ।
मासिक पारिश्रमिक, बैठक भत्ताबापत प्राप्त १३ लाख ६६ हजार ३ सय ६० रूपैयाँमा थपेर मन्त्री थापाले करिब १५ लाख रूपैयाँ सामाजिक कार्यमा खर्च गरेको जनाए । सडक मर्मत, स्वास्थ्य शिविर, सामाजिक भवन निर्माण, खानेपानी पाइप र खेलकुद सामग्री सहयोगलगायतमा उक्त रकम खर्च भएको विवरण मन्त्री थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।
मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको बताए ।
अथाह सम्पत्ति भएका थापाले निर्वाचित भएदेखि नै सरकारबाट सांसदको हैसियतमा पाउँदै आएको आर्थिक सुविधा जनसेवामा खर्चँदै आएका छन् । ‘राजनीति मेरा लागि सेवा हो । पेशाका रुपमा कदापी लिएको छैन । मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मूल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु ।’ उनले भने ।
मन्त्री थापाले आफु प्रदेश सांसद हुँदा होस् या अहिले मन्त्रीका रुपमा सेवा गरिरहँदा होस् प्रदेश सरकारबाट प्राप्त सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको र प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा समेत नलिएको जानकारी गराए। उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
गत २९ जेठमा गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो । त्यही सरकारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई ८ साउनमा मन्त्री नियुक्त गरेका थिए । मन्त्री थापाले सरकारी क्वाटरको सुविधा पनि लिएका छैनन् । उनी पोखराकै नयाँबजारमा रहेको आफ्नै घरमा बस्छन् ।


सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो