अछाम — घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ । किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई सफाइ दिएको छ ।
अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।
किशोरीले बिहे प्रस्ताव लिएर घरमा आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार आरोपसहित गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।
यसअघि ती पुरुष माघ १५ गते बिहेका लागि माग्न आएका थिए । त्यसपछि त्यहीँ बसेका थिए । त्यस क्रममा किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको पुरुषले बताएका छन् । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित जबर्जस्ती करणीमा जाहेरी दिएकी थिइन् ।
बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी उनले गरेकी थिइन् । एउटै कोठामा अलग अलग सुते पनि राति आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
तर जिल्ला सरकारी वकिलसँगको बयानमा किशोरीले सुरुमा बलात्कार गरेको बताए पनि बिहे नगर्ने त्रासले त्यस्तो आरोप लगाएको उल्लेख गरेकी थिइन् ।
अर्कातिर ती पुरुषले जबर्जस्ती करणी नगरेको बरु किशोरीले नै बोलाएपछि सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए ।
किशोरीकै घरमा बास बसेर शारीरिक सम्बन्धपछि ती पुरुष बिहे पक्का नगरी आफन्तसहित घर फर्केका थिए । आफन्तको निधन भएको भन्दै तत्कालै बिहे नगर्ने केटा पक्षले बताएपछि उनीविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो ।
अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ । किशोरीलाई अदातलको आदेशमा जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो