पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा जारी वार्षिक शैक्षिक तथा खेलकुद पुरस्कार वितरणको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन कक्षा २ देखि १० सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मीले विद्यार्थीहरुको वार्षिक पुरस्कार भनेको विद्यार्थीको हौसलाको आधार भएको हुँदा विद्यालय तथा अभिभवाकहरुले आफ्ना बालबाललिकाहरुलाई पढाइमा ध्यान दिनु पर्नेमा जोड दिए । साथै, पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा शैक्षिकसत्र ०७६/०७७ सालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्र्तगत उत्कृष्टता हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजू, विद्यालयका संस्थापक अध्यक्ष नारायण पौडेल तथा अभिभावक खेमराज आचार्यले शुभकामना मन्तव्य व्यक्त गरे ।
विद्यालयका सहायक प्रिन्सिपल बुद्धिमोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल प्रदीप खनाल र अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले नृत्य लगायत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

त्रिदिवसीय कार्यक्रमको पहिलो दिन विहीबार कक्षा नर्सरीदेखि १ सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । मूल समारोह शनिबार हुनेछ । शनिबार प्रतिभा सम्मान समारोह २०७८ अन्तर्गत प्रा. डा. अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कार, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रतिभा वर्ष पुरस्कार, उत्कृष्ट विद्यार्थीलाई प्रतिभा रत्न एवम् वार्षिक पुरस्कार वितरण कार्यक्रम हुने विद्यालयका निर्देशक किरण सापकोटाले जानकारी दिएका छन् ।
प्रतिभामा पुरस्कार वितरणः पहिलो दिन नर्सरीदेखि एकसम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ