पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलायो [भिडियो]

पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलायो [भिडियो]

dozar 1

तस्वीरः सरोज अधिकारी

पोखरा महानगरपालिकाले सडककोे मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर चलाएको छ । पोखरा वडा नम्बर १७ को विरौटा चोकदेखि तीनकुनेसम्म मापदण्ड मिचेर बनाइएका भौतिक संरचना भत्काएको हो । यसअघि नै उक्त क्षेत्रमा दर्जन घर भत्काइसकिएको थियो ।

महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट र कार्यालय भवन भत्काएको हो । महानगरले उक्त क्षेत्रमा २४ मिटरको सडक मापदण्ड कायम गरेको छ । यो मापदण्डमा २१ घर सार्वजनिक जग्गा मिचेर मापदण्ड विपरीत बनेको पाइएको छ ।

पहिले २६ मिटर चौडा सडक बनाउने योजना रहेकोमा यो मापदण्डमा ५६ घर भत्किने भएपछि २ मिटर घटाएर मापदण्ड तोकेको महानगरले जनाएको छ ।

मापदण्डभित्र परेको संरचना पटक पटक सूचना निकालेर हटाउन आग्रह गर्दासमेत नहटाएपछि महानगरले एक्साभेटर प्रयोग गरी भत्काएको हो । निजी सम्पतिमा पर्ने ठूला संरचना बाँकी रहेकाले अध्ययनपश्चात् काम अघि बढाइने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ