नवनियुक्त कानुन मन्त्री बन्दीद्वारा सपथ ग्रहण

नवनियुक्त कानुन मन्त्री बन्दीद्वारा सपथ ग्रहण

program_pic

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बिहिबार (आज) पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका थिए । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

उनको नाम गोविन्द प्रसाद शर्मा कोइराला भएपनि गोबिन्द बन्दी लेख्दै आएका छन् ।

गत फागुनमा प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्नुअघि व्याख्यात्मक घोषणा तयार गर्न बन्दीको भूमिका रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ