तीन वर्ष अघि नाबालिग बलात्कार अभियोग लागेका पोखराका व्यवसायी सुन्दरकुमार श्रेष्ठलाई अदालतले सफाइ दिएको छ। उनै किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोप खेपेका बैंकर सुवास सुवेदीले पनि सफाई पाएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै दुवै जनालाई सफाइ दिने फैसला गरेको हो ।
पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको हैसियतमा रहँदा श्रेष्ठ बलात्कार आरोपमा २०७५ चैत ८ गते पक्राउ परेका थिए। एनआइसी एसिया बैंक पर्स्याङ शाखा प्रमुखको रूपमा काम गर्दागर्दै सुवेदी बैंकबाटै पक्राउ परेका थिए। अदालतले दुबै जनालाई सफाइ दिने फैसलाको पूर्णपाठ भने आइसकेको छैन।
३ लाख धरौटी बुझाएर २०७६ वैशाख २ गते सुवेदी रिहा भएका थिए भने श्रेष्ठलाई बलात्कार अभियोगमा मुद्धा दायर गरेर कारबाही अगाडि बढाइएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई ३ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । न्यायाधीश श्रेष्ठकै इजलासले वैशाख ४ गते श्रेष्ठलाई ५ लाख रुपैयाँमा धरौटी मागेर रिहा गरेको थियो ।
नेपाली कांग्रेसमा क्रियाशील श्रेष्ठलाई तत्कालिन सरकारले २०७४ जेठमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त गरेको थिए । त्यसअघिका अध्यक्ष प्रकाश मोहन खनालले कार्यकाल पूरा नहुँदै रुपा गाउँपालिकाको प्रमुखमा उम्मेदवार हुने भएपछि राजीनामा दिएका थिए । त्यसपछि श्रेष्ठलाई नियुक्त गरिएको थियो । श्रेष्ठ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पनि हुन् । उनी क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष, होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष, रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्षसमेत हुन् ।
जिल्ला अदालतले उक्त आदेश दिएसँगै पीडित नाबालिग ’होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ। नाबालिगका तर्फबाट बहस गरेका जिल्ला न्यायाधीवक्ता रूद्र सुवेदीले अदालतमा बयान दिँदा नाबालिगले बयान फेरेको बताएका छन्। प्रहरीलाई दिएको बयान नाबालिगले अदालतमा हुबहु नदिई केही फेरिएको भन्दै सुवेदीले अदालतको यो आदेश चित्त नबुझेको र छिट्टै उच्च अदालतमा पुनरावेदन जाने बताएका छन् ।
के थियो घटना ?
पीडित १६ वर्षीया किशोरी लेकसाइडकै एक पहारीको घरमा बस्दै आएकी थिईन् । ६–७ वर्षदेखि सोहि घरमा काम गर्दै स्थानीय एक विद्यालयमा कक्षा ८ मा पढ्थिन् । चैत पहिलो साता बेलुकी एक्कासी उनी घर छाडेर हिँडिन् । साथीकोमा गएर रुँदै मर्छु भन्न थालिन् । साथीसँग उनले श्रेष्ठ र सुवेदीले गरेको कर्तुत भन्न थालिन् । सुन्दर श्रेष्ठको घरको आडमै ति किशोरीले आश्रय लिएर बसेको घर छ । झ्यालबाट नै गएर यौन कार्य गरेर फर्कने गरेको बयान किशोरीको छ ।
सुन्दरकुमारले भ¥याङ प्रयोग गरेर झ्यालबाट छिरेर पटक पटक आफूमाथि करणी गरेपछि सहन नसकी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छिमेकी घरमा बस्ने किशोरीले बताएकी थिइन् ।
बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुव्र्यवहार गर्ने गरेको आरोप किशोरीको थियो । श्रेष्ठलाई मुलुक अपराध संहिताको २१९ (३) अनुसार १० देखि १२ वर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको थियो ।
सुवेदीलाई बालयौन दुव्र्यवहार अन्तर्गत मुलुकी अपराध संहिताको २२५(३) बमोजिम ३ वर्षसम्म कैद र ३० हजारसम्मको जरीवाना माग गरिएको थियो । बालिकामाथि बलात्कारको गम्भीर आरोपमा पनि न्यायाधीश श्रेष्ठले धरौटीमा छाडेको भन्दै पीडित परिवार न्याय परिषद्मा पनि पुगेको थियो ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै