पोखरा । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको पोखराको लागि आधिकारिक बिक्रेता मल्टिस्टार मोटर प्रा.लि.ले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एण्ड क्याच द क्यास’ अफर ल्याएको छ ।
अफर अन्तर्गत कम्पनीले यही चैत देखि २०७९ वैशाख ३१ सम्म मोटरहेडका बाइक खरीद गर्ने आफ्ना सम्पूर्ण ग्राहकको लागि ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त हुनसक्ने अफर ल्याएको छ । स्क्र्याच कुपनका आधारमा ग्राहकले छुट पाउनेछन् ।
अफर अवधिभर खरीद गर्ने ग्राहक मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय रुपैयाँ गरिने कम्पनीले जनाएको छ । सिधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जनाइएको छ ।
मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु छन् । उक्त बाइकहरु ३ लाख ५ हजार रुपैयाँदेखि अधिकतम ४ लाख ५५ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । सबैको पहुँचमा रहेको मोटरहेड बाइकको यहि मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो बाइक मन पराइएको जानकारी मल्टिस्टार मोटर प्रा.लि.ले दिएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ