पोखरा । पोखरामा सम्पन्न भएको पुरुष भेट्रान्स ह्याण्ड बल प्रतियोगिताको उपाधि फाइव जि.आर.को टिमले जितेको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न भएको फाइनल खेलमा फाइव जि.आर.को टोलीले आयोजक मध्यको एक कास्की जिल्ला ह्याण्ड बल संघलाई १७का बिरुद्ध २१ गोल गरी उपाधि सहित नगद १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेको हो ।
उपविजेता भएको संघले भने ५ हजारको साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगितामा फाइवरको तर्फबाट गोविन पुनले ८ गोलको योगदान दिदा संघका इश्वर थापाको १० गोलको योगदान दिदा पनि टिमले जित्न भने सकेन । दील बहादुर गुरुङको कप्तानीमा मैदानमा उत्र्रिएको फाइवर बिरुद्धको खेलमा पूर्व राष्ट्रिय खेलाडी राम गुरुङको कप्तानीमा मैदानमा उत्र्रिए पनि उनको अघिल्लो खेलबाटै खुट्टामा चोट लागेको कारण फाइनल खेलमा मैदानमा छिर्न सकेनन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी फाइवजि.आर.का पम्प बहादुर पुन, उत्कृष्ट गोल रक्षकमा बिष्णु काजी गुरुङ र ज्येष्ठ खेलाडी पनि फाइवजि.आर.कै ६८ बर्षीय विर बहादुर गुरुङ घोषित भएको संघका अध्यक्ष चित्र बहादुर थापाले बताए । कास्की जिल्ला ह्याण्ड बल संघ तथा भारतिय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल (पोखरा) संघको संयुक्त आयोजनामा पोखरामा चैत २८ गते सुरु भएको प्रतियोगितामा ५ टिमको सहभागिता रहेको अध्यक्ष थापाले बताए । विजयी खेलाडीहरुलाई भारतीय पेन्सन क्याम्पका सिनियर कर्णेल पदम बहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, गण्डकी खेलकुद परिषद सदस्य सचिव तेज गुरुङलगायतले पुरस्कार वितरण गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला