पोखरा । पोखरामा सम्पन्न भएको पुरुष भेट्रान्स ह्याण्ड बल प्रतियोगिताको उपाधि फाइव जि.आर.को टिमले जितेको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न भएको फाइनल खेलमा फाइव जि.आर.को टोलीले आयोजक मध्यको एक कास्की जिल्ला ह्याण्ड बल संघलाई १७का बिरुद्ध २१ गोल गरी उपाधि सहित नगद १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेको हो ।
उपविजेता भएको संघले भने ५ हजारको साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगितामा फाइवरको तर्फबाट गोविन पुनले ८ गोलको योगदान दिदा संघका इश्वर थापाको १० गोलको योगदान दिदा पनि टिमले जित्न भने सकेन । दील बहादुर गुरुङको कप्तानीमा मैदानमा उत्र्रिएको फाइवर बिरुद्धको खेलमा पूर्व राष्ट्रिय खेलाडी राम गुरुङको कप्तानीमा मैदानमा उत्र्रिए पनि उनको अघिल्लो खेलबाटै खुट्टामा चोट लागेको कारण फाइनल खेलमा मैदानमा छिर्न सकेनन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी फाइवजि.आर.का पम्प बहादुर पुन, उत्कृष्ट गोल रक्षकमा बिष्णु काजी गुरुङ र ज्येष्ठ खेलाडी पनि फाइवजि.आर.कै ६८ बर्षीय विर बहादुर गुरुङ घोषित भएको संघका अध्यक्ष चित्र बहादुर थापाले बताए । कास्की जिल्ला ह्याण्ड बल संघ तथा भारतिय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल (पोखरा) संघको संयुक्त आयोजनामा पोखरामा चैत २८ गते सुरु भएको प्रतियोगितामा ५ टिमको सहभागिता रहेको अध्यक्ष थापाले बताए । विजयी खेलाडीहरुलाई भारतीय पेन्सन क्याम्पका सिनियर कर्णेल पदम बहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, गण्डकी खेलकुद परिषद सदस्य सचिव तेज गुरुङलगायतले पुरस्कार वितरण गरे ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’