नेकपा एमालेबाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखका २१ जनाको नाम सिफारिस गरिने भएको छ ।दुवै पदमा तीन-तीन जनाको नाम पठाउनुपर्नेमा एमाले महानगर कमिटीको शुक्रबार बसेको बैठकले आकांक्षी सबैको नाम जिल्ला पार्टी कार्यालयमा सिफारिस गर्ने निणर्य गरेको हो ।
मेयरमा १२ जना र उपमेयरमा ९ जनाले आकांक्षा देखाएकोमा सबैको नाम सिफारिस गर्ने निर्णय भएको महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए । शुक्रबार निर्वाचन प्रक्रियाबाट नाम सिफारिस गर्ने तयारी गरिए पनि अन्तिममा जिल्लालाई नै सबै जिम्मा दिइएको छ ।
मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मी आचार्य, पुष्पज्योति ढुङ्गाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, पुष्पराज अधिकारी, बालासिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, प्राडा विश्वकल्याण पराजुली आकांक्षी छन् ।
उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य र बलराम गायक गन्धर्वको दाबी छ ।
सम्बन्धित समाचार:
पोखराको मेयर उम्मेदवार छान्न एमालेले आन्तरिक चुनाव गर्दै, पृथ्वीसुब्बा र खगराज पक्षबीच संघर्ष
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी