नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पोखरा महानगरको मेयरको टिकट आफूहरुले पाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा पार्टी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वास्तविकता नबुझी तलका कार्यकर्ताको मात्रै कुरा सुनेर निर्णय गरिए अप्ठेरो अवस्था आउन सक्ने बताए ।
०७४ मा एमालेले जितेका स्थानमा पहिलो हक आफ्नो पार्टीको लाग्ने अध्यक्ष नेपालले बताए । उनले भने, ‘२०७४ मा एमालेले जितेका स्थानमा हाम्रो पहिलो हक लाग्छ ।’
पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीको आठ हजार संगठित र क्रियाशील सदस्य रहेको बताउँदै उनले भने, ‘अझै जनवर्गीय संगठनका सदस्य जोड्ने हो भने १२ हजार पुग्छ । अनि एकीकृत समाजवादीको केही अर्थ छैन भन्ने ?’
गत चुनावमा हालको गठबन्धनमा रहेको एउटा पार्टीले एउटा पालिकामा १३४ भोट पाएको, तर अहिले सो पार्टीले पालिका प्रमुख दाबी गरेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘सिंगो पालिकामा १३४ मत ल्याउनेले अहिले हाम्रो मेयर हुनुपर्छ भन्दो रहेछ । त्यसैले अलि गाह्रो छ ।’
पाँच दलीय गठबन्धनमा ६ वटा महानगर भाग लगाउने क्रममा पोखरा समाजवादीलाई पर्ने चर्चा भइरहेका बेला नेपालको यो भनाइ आएको हो। पोखरामा २०७४ को निर्वाचनमा एमालेले मेयर-उपमेयर दुवै पद जितेको थियो।
अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिएका छन् । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएको दाबी गरेका छन् । उनले केपी ओलीको अहंकार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे ।
त्यस्तै अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो