नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयरमा १८ जना र उपमेयरमा १० जनाले दाबी पेश गरेका छन्।
कांग्रेस पोखरा महानगर कार्यसमितिले आइतबार मेयर र उपमेयरको आकांक्षीलाई आन्तरिक उम्मेदवारी पेश गर्न आह्वान गरेको थियो। उक्त आह्वानअनुसार मेयरमा बहालवाला मन्त्री विन्दुकुमार थापा, जिल्ला सभापति किशोरदत्त बराल, गणेशबहादुर भट्टराई, सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण केसी, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले दाबी गरेका छन्।
यस्तै, उपमेयरमा माया बराल, लक्ष्मी पाण्डे, रंगिला आचार्य, आनन्दी राणा, टीकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले आन्तरिक उम्मेदवारी दर्ता गरेका हुन्।
गण्डकी प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री बिन्दुकुमार थापाले दाबी पेश गरेका छन्। साथै, उनकी बुहारी मिलन थापाले उपमेयरमा दाबी गरेकी छिन्। यसअघि, मन्त्री थापाले मेयरमा दाबी नरहेकाे तर पार्टीले अघि बढ्न भनेमात्र पछि नहट्ने बताएका थिए ।
मेयर र उपमेयरको आकांक्षीबाट पार्टीको विधान अनुसार छनौट गरेर केन्द्रमा नाम सिफारिस गर्ने महानगर कार्यसमिति सचिव गणेशबहादुर थापाले जानकारी दिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै