नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयरमा १८ जना र उपमेयरमा १० जनाले दाबी पेश गरेका छन्।
कांग्रेस पोखरा महानगर कार्यसमितिले आइतबार मेयर र उपमेयरको आकांक्षीलाई आन्तरिक उम्मेदवारी पेश गर्न आह्वान गरेको थियो। उक्त आह्वानअनुसार मेयरमा बहालवाला मन्त्री विन्दुकुमार थापा, जिल्ला सभापति किशोरदत्त बराल, गणेशबहादुर भट्टराई, सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण केसी, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले दाबी गरेका छन्।
यस्तै, उपमेयरमा माया बराल, लक्ष्मी पाण्डे, रंगिला आचार्य, आनन्दी राणा, टीकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले आन्तरिक उम्मेदवारी दर्ता गरेका हुन्।
गण्डकी प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री बिन्दुकुमार थापाले दाबी पेश गरेका छन्। साथै, उनकी बुहारी मिलन थापाले उपमेयरमा दाबी गरेकी छिन्। यसअघि, मन्त्री थापाले मेयरमा दाबी नरहेकाे तर पार्टीले अघि बढ्न भनेमात्र पछि नहट्ने बताएका थिए ।
मेयर र उपमेयरको आकांक्षीबाट पार्टीको विधान अनुसार छनौट गरेर केन्द्रमा नाम सिफारिस गर्ने महानगर कार्यसमिति सचिव गणेशबहादुर थापाले जानकारी दिए।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?