शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पत्रकार गिरी पक्राउ

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पत्रकार गिरी पक्राउ

Manoj Giri

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीले एक अनलाइन पत्रिकाका सञ्चालकलाई पक्राउ गरेको छ।  ‘हलेसीपाटी डट कम’ नामक अनलाइन पोर्टल सञ्चालनको स्वीकृति लिएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका ३६ वर्षीय मनोज गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङमा परेको उजुरीका आधारमा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलाबाट पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले पक्राउ परेका गिरीमाथि जिल्ला अदालत खोटाङबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए।

गिरीले ब्रिलियन्ट मल्टिपल क्याम्पस, सिफल, काठमाडौँबाट व्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्ययन गरेको भनी सूचना तथा प्रसारण विभागमा अर्काको कागजात कीर्ते गरी पेश गरेको खुलेको थियो।

उक्त क्याम्पसबाट कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोज गिरीले विभागमा पेश गरेको प्रमाणपत्रमा सबै कुरा समान पाइएको प्रहरीले जनाएकाे छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ