पोखराको मेयरमा नेपाली कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा कांग्रेसका मतदातालाई हँसिया हतौडामा, पोखरामा कलममा र गोरखामा आँखामा भोट हाल्न बाध्य पारेको विरुद्ध आफूले उम्मेदवारी दर्ता गराएको कार्कीले बताएका छन् ।
पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन्।
‘सिण्डिकेट लागू गर्यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ?,’ उहाँले भन्नुभयाे, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’
कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले थप्र, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’
कार्की नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्व सभापति हुन् । कुनै पनि दबाब र प्रभावमा आएर उम्मेदवारी फिर्ता नलिने कार्कीले जनाएका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?