पाेखरा । नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय तहकाे चुनावमा भाग लिने भएको छ । कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै एक्लै चुनावमा जाने निर्णय गरेको हो ।
कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो । तर, विज्ञप्तीमा भने पाेखरा महानगरकाे प्रसंग उल्लेख गरिएकाे छैन । पोखरा महानगरपालिका बाहेक कास्कीका अन्य स्थानीय तहमा मात्र गठबन्धन नहुने भएकाे हाे ।
कास्की कांग्रेसका सचिव भानु ढकालले जारी गरेको विज्ञप्तिमा कार्यकर्ताहरु बिचको व्यापक असन्तुष्टि, कार्यकर्ताहरु र विभिन्न वडा इकाई सभापतिहरुको गठबन्धन नगर्ने राय, सुझावका कारण केन्द्रको निर्णय जिल्लाले हुबहु स्वीकार्न नसकेको उल्लेख छ ।

सभापति, सचिवसहितको टोलीलाई ताला लगाएर थुने कार्यकर्ताले !
आज दिउँसो सत्तारुढ दलसहित पोखराको लेकसाईडस्थित होटल स्नोल्याण्डमा बसेको बैठकमा कांग्रेसका सयौं कार्यकर्ताहरु पुगी कांग्रेस सभापति किशोरदत्त बराल, सचिवहरू लगायतको टोलीलाई नै जिल्ला पार्टी कार्यालयमा लगी सभापतिको कक्षमा ताला लगाएर ३ घण्टासम्म थुनेका थिए ।
थुनिएका नेताहरुले गठबन्धन मान्दैनौं र कार्यकर्ताहरुको चाहना अनुरुप अघि बढ्छौं भन्ने विज्ञप्ति जारी गरेपछि मात्र ताला खोलिएको जनाइएकाे छ । तर, याे तालाबन्दी फण्डामा पनि सचिव नै संलग्न रहेकाे श्राेतले जनाएकाे छ ।
कुनै पनि हालतमा गठबन्धन गर्न नहुने भन्दै रुष्ट भएका कार्यकर्ताहरुले पार्टी कार्यालय नै तोडफोड गर्न थालेपछि प्रहरी प्रशासनले सुरक्षा दिनु परेको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो